प्रधानमन्त्रीलाई भेटेर स्वदेश फर्किए अमेरिकी उच्च सैनिक अधिकारी

प्रधानमन्त्रीलाई भेटेर स्वदेश फर्किए अमेरिकी उच्च सैनिक अधिकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको इण्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल फिलिप एस डेभिडसन नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्।

उनलाई शुक्रबार  सैनिक तालीम तथा डक्ट्रिन महानिर्देशक उपरथी गौरव तण्डुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन्।

नेपाल भ्रमणको क्रममा कमाण्डर डेभिडसन प्रधानमन्त्री केपी शर्मा ओली , उपप्रधान तथा रक्षामन्त्री  इश्वर पाेखरेल,  प्रधानसेनापति पूर्णचन्द्र थापा लगायत उच्चपदस्थ सैनिक पदाधिकारीसँग भेटवार्ता गरेका थिए। साथै उनले काभ्रेपलाञ्चोकको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रको निरीक्षण भ्रमणसमेत गरेकाे सेनाले जनाएको छ ।

मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर पार्न थप मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ।