काठमाण्डु – माल्दिभ्समा सोमबारदेखि सुरु हुने साफ यू–२० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्दै छ । खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा छन् ।
यी दुवैले समूह चरणअन्तर्गत समूह ‘ए’ को पहिलो खेल खेल्न लागेका हुन् । खेल माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाली समयअनुसार दिउँसो ४ : ३० बजे हुनेछ ।
प्रतियोगितामा नेपाल र भुटानसँगै अन्य पाँचवटै सदस्य राष्ट्रको सहभागिता छ । जसलाई दुई समूहमा विभाजन गएिको छ ।
समूह ‘ए’ मा नेपाल, भुटान, माल्दिभस र श्रीलंका छन् । त्यसैगरी, समूह ‘बी’ मा भारत, बंगलादेश र पाकिस्तान छन् ।
‘लिग कम नकआउट’ प्रणालीमा सञ्चालित यो प्रतियोगितामा प्रत्येक शीर्ष दुई टोली सेमिफाइनलमा स्थान बनाउने छन् ।




प्रतिक्रिया