काठमाण्डु– बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ। सोमबार दिउँसो १ बजेर १४ मिनेट जाँदा रायाल आसपास भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार, बझाङको रायाल आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि गत चैत ३ गते दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो।




प्रतिक्रिया