काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढाएको छ ।
निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टीतेलमा १५ रुपैयाँ बढाएको जनाएको छ ।
विगत १ महिनादेखि पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको विज्ञप्तिमा जनाइएको छ ।
वृद्धिमूल्यपछि पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र विरगञ्जमा पेट्रोल १८४.५० कायम हुनेछ ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा १८६ तथा तेस्रो वर्ग काठमाण्डु, पोखरा र दिपायलमा १८७ रुपैयाँ कायम हुनेछ ।





प्रतिक्रिया