काठमाण्डु– सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको तयारी सुरु गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट लेखन समिति गठन गरेका छन् ।
शुक्रबार राजश्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तर कुमार खत्रीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गठन गरिएको हो ।
समितिको सदस्यहरूमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा.सुमन दाहाल, अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा.धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल रहेका छन् ।
समितिले मुख्यगरी आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमका लागि आवश्यक सुझाव उपलब्ध गराउने र कार्यान्वयन गरिने आयोजना एवं कार्यक्रमहरूको प्राथमिकीकरणमा सहजीकरण गर्ने कार्य गर्नेछ ।




प्रतिक्रिया