घुससहित समातिए सशस्त्र प्रहरी निरीक्षक अधिकारी

घुससहित समातिए सशस्त्र प्रहरी निरीक्षक अधिकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषाबाट एक जना सशस्त्र प्रहरी निरीक्षकलाई घुससहित नियन्त्रणमा लिएको छ ।

आयोगको टोली शुक्रबार सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प, धनुषामा कार्यरत निरीक्षक विकल अधिकारीलाई घुसको रकमसहित नियन्त्रणमा लिएको हो ।

धनुषाको कमला–ढल्केवर–बागमती सडक निर्माणअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, काममा अवरोध गर्ने तथा विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस माग्ने गरेको उजुरी परेकोमा बर्दिबासस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले निरीक्षक अधिकारीलाई सेवाग्राहीसँग ४०,००० घुस लिइसकेको अवस्थामा धनुषाको मिथिला नगरपालिका–१०, लालगढबाट पक्राउ गरेको छ ।

पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।