काठमाण्डु– जगदम्बा समूहका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अग्रवाललाई शुक्रबार साँझ पक्राउ गरेको हो ।
अग्रवाल बिहीबार सम्पत्ति शुद्धीकरणमा पक्राउ परेका व्यवसायी दीपक भट्टका साझेदार हुन् ।
भट्ट र अग्रवालले पब्लिक लिमिटेड कम्पनीहरूको पैसा दुरुपयोग गरी सेयर बजार कब्जा गर्नेदेखि बिमा, जलविद्युत् लगायतमा प्रभुत्व जमाउदै आएका छन् ।
शंकर समूहको जगदम्बा स्टिल प्रालिबाट व्यवसायी भट्टको व्यक्तिगत बैंक खातामा पुगेको ४५ करोड रुपैयाँको बारेमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
बैंक विवरण अनुसार २०२१ जुन २७ देखि ३० सम्म ४ दिनमै जगदम्बा स्टिलले भट्टको व्यक्तिगत खातामा १५ करोड, १४ करोड (पहिलो चेक फिर्ता, भोलिपल्ट पुनः जम्मा) र १६ करोड गरेर ४५ करोड रुपैयाँ जम्मा गरेको अनुसन्धानमा देखिएको छ ।
अग्रवालका छोरा सुलभ अग्रवाल यसअघि कालोबजारी प्रकरणमा पक्राउ परेर छुटिसकेका छन् । उनी ‘थर्मल गन कालोबजारी’ प्रकरणमा विवादमा परेका थिए ।




प्रतिक्रिया