कलाकार सागर लम्साल पक्राउ

कलाकार सागर लम्साल पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

बलात्कारको आरोप लागेसँगै उनलाई बूढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको हो । एक युवतीले बलात्कारको आरोप लगाएपछि कलाकार लम्साललाई पक्राउ गरिएको प्रहरीले जनाएको काठमाण्डु प्रहरी प्रमुख एसएसपी रमेश थापाले बताए ।

अमेरिकामा बस्ने एक युवतीले फेसबुकमार्फत लम्सालले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन्। अमेरिका आएको बेला भएको भेटघाटका क्रममा उनले बलात्कार गरेको ती युजतीको दाबी छ ।

घटना सार्वजनिक गरेपछि सोधपुछका लागि लम्साललाई पक्राउ गरिएको प्रहरीले बताएको छ। ती पीडित युवतीसँग पनि समन्वय भइरहेको प्रहरीले जनाएको छ। पीडितको तर्फबाट जाहेरी भने अहिलेसम्म आइसकेको छैन।