काठमाण्डु – व्यापारी दीपक भट्ट पक्राउ परेपछि जगदम्बा समूहका अध्यक्ष शुलभ अग्रवाल र डाइरेक्टर साहिल अग्रवाल पनि पक्राउ परेका छन्। शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल शुक्रबार राति पक्राउ परेपछि उनका छोराहरू शुलभ र साहिललाई समेत नियन्त्रणमा लिइएको हो।
उनीहरूलाई भारतबाट पक्राउ गरिएको स्रोतले जनाएको छ र हाल नेपाल ल्याउने प्रक्रिया जारी छ। ब्रोकर भट्टसँगको सम्बन्धका आधारमा उनीहरूमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ।
सम्पत्ति शुद्धीकरण विभागले भट्टसहित केही व्यापारीमाथि आर्थिक अपराधसँग सम्बन्धित विभिन्न मुद्दामा अनुसन्धान अगाडि बढाएको छ।




प्रतिक्रिया