काठमाण्डु– राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा एमालेकी लिला भण्डारीलाई चयन गर्ने सहमति भएको छ ।
राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच राष्ट्रिय सभाको उपाध्यक्ष पद एमालेलाई दिने सहमति भएको हो।
तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालको कार्यकाल सकिएपछि सो पद रिक्त थियो ।
राष्ट्रियसभा उपाध्यक्ष चयनका लागि यही चैत २३ गते निर्वाचन गर्ने तालिका छ। निर्वाचन तालिकाअनुसार यसका लागि चैत २२ गते आइतबार मनोनयन दर्ता गर्नुपर्नेछ।
एमाले संसदीय दलका नेता प्रेम दंगालले एमालेले उपाध्यक्ष लिने सहमति भएको बताए ।




प्रतिक्रिया