काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले अधिवक्ता डा. नारायण दत्त कडेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा कडेललाई नियुक्त गरेका हुन् ।
बागलुङ निवासी डा. कडेल लामो समयदेखि कानुन क्षेत्रमा क्रियाशील रहेका छन् ।
महान्यायाधिवक्ता नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार रहने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने महान्यायाधिवक्ताले सरकारका तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने अन्तिम निर्णय गर्ने अधिकार राख्छन् ।
नवनियुक्त महान्यायाधीवक्ताको शपथ ग्रहण कार्यक्रम आईतबारै केहीबेरमा हुने भएको छ ।





प्रतिक्रिया