काठमाण्डु – नवनियुक्त महान्यायाधीवक्ता डा. नारायण दत्त कडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
आईतबार सर्वाेच्च अदालतमा आयोजित समारोहबिच कडेलले कायममुकायम प्रधानन्यायाधीश सपनाप्रधान मल्लबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
उनलाई आईतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा महान्यायाधीवक्ता नियुक्त गरेका थिए ।
बागलुङ निवासी डा. कडेल लामो समयदेखि कानुन क्षेत्रमा क्रियाशील रहेका छन् । महान्यायाधिवक्ता नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार रहने संवैधानिक व्यवस्था छ ।




प्रतिक्रिया