काठमाण्डुका सडकमा ‘भ्यासलिन ग्लुटा–ह्या’ सार्वजनिक

काठमाण्डुका सडकमा ‘भ्यासलिन ग्लुटा–ह्या’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्वप्रसिद्ध ब्रान्ड भ्यासलिनले चर्चित उत्पादन ‘भ्यासलिन ग्लुटा–ह्या’लाई नेपाली बजारमा आकर्षक कार्यक्रममार्फत सार्वजनिक गरेको छ ।

‘शो–स्टपर स्किन’ नाम दिइएको कार्यक्रममा कुनै पूर्वघोषणाबिना नै काठमाण्डुका व्यस्त सडकहरूमा अचानक ‘पिङ्क कार्पेट’ ओछ्याएर सर्वसाधारणको ध्यान खिचिएको थियो ।

रोड–शोमा चर्चित नायिका मलिका महत, कलाकार अन्नपूर्णा शर्मा र कोरियोग्राफर कविता नेपालीले पिङ्क कार्पेटमा आफ्नो आत्मविश्वासिलो प्रस्तुति दिएका थिए । सार्वजनिक स्थानमा अचानक देखिएको दृश्यले बाटो हिँड्ने मानिसहरूलाई अचम्ममा पार्नुका साथै ठूलो संख्यामा दर्शकहरूलाई आकर्षित गरेको थियो ।

युनिलिभर नेपालका अनुसार ‘भ्यासलिन ग्लुटा–ह्या’ अत्याधुनिक ‘सेरम–इन–लोसन’ हो, यसमा प्रयोग गरिएको ‘ग्लुटा–ग्लो’ प्रविधि भिटामिन–सीभन्दा १० गुणा बढी शक्तिशाली मानिन्छ । यसमा रहेको ‘हायालुरोन’ले छालालाई गहिराइसम्म ओसिलो राख्न मद्दत गर्दछ । लोसन छालामा लगाउनासाथ पानीका थोपा जस्तै पग्लिएर छिटो सोसिने र टाँसिने समस्या नहुने कम्पनीको दाबी छ ।

डिजिटल विज्ञापनको भीडमा उपभोक्तासँग प्रत्यक्ष जोडिन फरक शैली अपनाइएको युनिलिभर नेपालले जनाएको छ । कार्यक्रमबारे बोल्दै युनिलिभर नेपालकी मार्केटिङ प्रमुख सुरभि गोस्वामीले भनिन्, ‘शो–स्टपर स्किनको मुख्य सन्देश भनेकै आत्मविश्वास हो । कुनै पनि कार्यक्रमको ध्यान खिच्ने माध्यम व्यक्तिको स्वस्थ र चम्किलो छाला नै हो भन्ने विश्वासलाई यसले साकार पारेको छ ।’

युनिलिभर नेपालका व्यवस्थापकीय निर्देशक अम्लान मुखर्जीले परम्परागत विज्ञापनभन्दा बाहिर निस्किएर युवा पुस्तासँग उनीहरूकै ठाउँमा गएर जोडिनु नै कार्यक्रमको सफलता भएको बताए ।

भ्यासलिन ग्लुटा–ह्या अहिले नेपालभरका मुख्य व्यापारिक पसल, आधुनिक आउटलेट र अनलाइन सपिङ माध्यमहरूमा ७० मिलि र २०० मिलि प्याकमा उपलब्ध भइसकेको छ । उपभोक्ताले यसको थप जानकारीका लागि भ्यासलिन नेपालको आधिकारिक इन्स्टाग्राम पेजमार्फत लिन सक्ने जनाइएको छ ।