इरानका नयाँ सर्वोच्च नेता खामेनी अमेरिकी आक्रमणमा घाइते भएको खुलासा

इरानका नयाँ सर्वोच्च नेता खामेनी अमेरिकी आक्रमणमा घाइते भएको खुलासा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इरानी नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी गम्भीर घाइते भएको खुलासा भएको छ । अमेरिकी आक्रमणमा परी खामेनी गम्भीर घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिका र इजरायलले गत २८ फेब्रअरीमा गरेको आक्रमणमा खामेनी घाइते भएका अधिकारीहरुलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ । समाचारमा जनाइएअनुसार ५६ वर्षीय मोज्तबाको अनुहार र खुट्टामा गहिरो चोट लागेको छ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले यसअघि नै खामेनी गम्भीर घाइते भएको दाबी गरेका थिए ।

मोज्तबाका बाबु तत्कालीन सर्वोच्च नेता आयतोल्लाह अली खामेनी परिवारका अरु सदस्यसहित सोही आक्रमणमा मारिएका थिए । अली खामेनी मारिएको एक सातापछि उनका छोरा मोज्तबा सर्वोच्च नेता घोषित भएका थिए । युद्ध सुरु भएको डेढ महिनासम्म नयाँ सर्वोच्च नेता सार्वजनिक भएका छैनन् । पाकिस्तानको इस्लामावादमा अमेरिका र इरानबीच वार्ता सुरु हुनै लाग्दा सर्वोच्च नेता खामेनी गम्भीर घाइते अवस्थामा रहेको खुलासा भएको छ ।

अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार खामेनीको स्वास्थ्य अवस्था गम्भीर भए पनि मानशिक रुपमा दुरुस्त छन् । उनले वरिष्ठ अधिकारीहरुसँग भिडियो बैठकहरु गर्ने गरेका छन् ।