आशा भोसले अस्पताल भर्ना

आशा भोसले अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्यमा समस्या आएपछि भारतीय गायिका आशा भोसले अस्पताल भर्ना भएकी छन् । ९२ वर्षीया भोसलेको मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचार भइरहेको छ ।

उनकी नातिनी जनाई भोसलेले हजुरआमालाई अत्यधिक थकान र छातीको संक्रमणका कारण अस्पताल भर्ना गर्नुपरेको बताएकी छन् । ‘मेरी हजुरआमालाई थकान र छातीको संक्रमणका कारण अस्पताल भर्ना गरिएको छ । उहाँ उपचार गराइरहनुभएको छ । र, आशा छ कि सबै ठीक हुनेछ’, सामाजिक सञ्वालमा उनले पछिल्लो अवस्थाका बारेमा जानकारी दिएकी छिन् ।

आशा भोसले भारतीय सिनेमाकी सबैभन्दा लोकप्रिय र भर्सटाइल गायिका हुन् । उनले ६ दशकभन्दा बढी समयको अवधिमा हजारौँ गीतहरू गाएकी छिन् ।

उनले हिन्दीसहित मराठी, बंगाली, गुजराती, तमिल, तेलुगुलगायत धेरै भाषाहरूमा पनि गीत गाएकी छन् । उनले नेपालीमा पनि थुप्रै गीत गाएकी छन् ।