सभामुखको आरोपः बाबुराम प्रधानमन्त्री हुँदा जेभियर्समा विद्यार्थी भर्ना गर्न उनका भाइको सिफारिस चाहिन्थ्यो

सभामुखको आरोपः बाबुराम प्रधानमन्त्री हुँदा जेभियर्समा विद्यार्थी भर्ना गर्न उनका भाइको सिफारिस चाहिन्थ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–सभामुख डोलप्रसाद (डिपी) अर्यालले डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला ललितपुरको जावलाखेलस्थित प्रतिष्ठित विद्यालय सेन्ट जेभियर्स र सेन्ट मेरिजमा विद्यार्थी भर्नाका लागि उनका भाई शिव भट्टराईको सिफारिस चल्ने गरेको आरोप लगाएका छन् ।

शुक्रबार संसदीय मामिलामा कलम चलाउने पत्रकारहरुसँग सिंहदरबारमा कुरा गर्दै उनले त्यस्तो आरोप लगाएका हुन् । उनले अब त्यस्तो अवस्थाको अन्त्य गरिनुपर्ने बताए ।

‘मलाई अनुभव छ, कुनै बेला बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उहाँको भाई पनि हुनुहुन्छ होइन एक जना सायद ? भाई नै हुनुहुन्छ । उहाँलाई भन्यो भने चाहिं सेन्ट जेभियर्स र सेन्ट मेरिजमा भर्ना गर्न पाइन्छ भन्ने हल्ला फैलिएको थियो समाजमा’, अर्यालले भने, ‘अब त्यो समाजबाट हामी टाढा जानुपर्छ भन्ने लाग्छ ।’