युद्धविराम अवधिभर होर्मुज स्ट्रेट खुला गर्ने इरानको घोषणा

युद्धविराम अवधिभर होर्मुज स्ट्रेट खुला गर्ने इरानको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– इरानले युद्धविराम अवधिभर होर्मुज जलसन्धि खुला गर्ने भएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले लेबनानमा भएको युद्धविराम अवधिभर होर्मुज पूर्ण रूपमा खुला रहने बताएका हुन्।

अराघचीले एक्समा लेखेका छन्– लेबनानमा भएको युद्धविरामअनुसार, होर्मुज जलघाँटी हुँदै सबै व्यावसायिक जहाजहरूको आवागमनलाई युद्धविरामको बाँकी अवधिसम्म पूर्ण रूपमा खुला घोषणा गरिएको छ।यो आवागमन इरान इस्लामिक गणतन्त्रको बन्दरगाह तथा समुद्री संगठनले पहिले नै घोषणा गरेको समन्वित मार्गअनुसार सञ्चालन हुनेछ।

यो सँगै १० दिनको युद्धविराम अवधिमा सबै व्यावसायिक जहाजहरूले उक्त जलमार्गबाट आवतजावत गर्न पाउने भएका छन् ।