धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले बुझाए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले बुझाए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल धितोपत्र बोर्ड (सेवोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् । श्रेष्ठले शुक्रबार साँझ अर्थ मन्त्रालयमा पुगेर राजीनामा पत्र बुझाएका हुन् । 

मन्त्रालय पुगेका श्रेष्ठले आफूले स्वइच्छाले सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको बताएका छन् ।

श्रेष्ठ २०८१ मंसिर १० गते बोर्डको अध्यक्षमा नियुक्त भएका थिए। उनलाई तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको सिफारिसमा उक्त पदमा नियुक्त गरिएको थियो।

विवादै विवादको घेरामा रहेका श्रेष्ठ १७ महिना धितोपत्र बोर्डको अध्यक्ष रहेर बाहिरिएका हुन्।

बिचौलिया व्यापारी दीपक भट्टसँग निकट सम्बन्ध रहेको आरोप लाग्दै आएपछि श्रेष्ठ सुरुदेखि नै आलोचित थिए। यद्यपि, पछिल्लो समय भट्टसँग सम्बन्धित प्रकरणमा उनले छानबिन तीव्र रूपमा अघि बढाएका थिए।

श्रेष्ठ धितोपत्र बोर्डमा नियुक्त हुनुअघि नेपाल एक्सप्रेस फाइनान्स र स्वाभिमान लघुवित्तको अध्यक्ष समेत रहेका थिए।

उनी सेबोनको अध्यक्ष नियुक्त भए लगत्तै उनको अनुभवसम्बन्धी योग्यता कानुनले तोकेअनुसार नभएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो। 

यस्तो छ उनको राजीनामा पत्र