जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिका–३१ संगमचोकस्थित सिन्धुली घर भएका ४२ वर्षीय कृष्ण बहादुर थापाले सञ्चालन गरेको थापा रेष्टुरेन्ट एण्ड खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्णबहादुर समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ६ हजार ८५० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

काठमाण्डु महानगरपालिका–७ चाबहिलस्थित होटलमा जुवातास खेलिरहेको अवस्थामा काठमाण्डु मुलपानी बस्ने ओखलढुङ्गा घर भएका ४२ वर्षीय तिलकबहादुर तामाङ समेत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ८३ हजार ८८० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।