काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र पार्टीका नेता पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।
सभापति थापा आइतबार खड्कालाई भेट्न उनको निवास गोल्फुटारमा पुगेका हुन् ।
आइतबार साँझ खड्का र सभापति थापाबीच भेटवार्ता भएको थापाको सचिवालयले पुष्टि गरेको छ । गगनले पार्टीमा देखिएको केही बेमेल हटाएर एकताका लागि पहल गर्न अनुराेध गरेकाे बताइएकाे छ ।
शुक्रबार सर्वोच्च कांग्रेसको आधिकारिकता गगन पक्षलाई दिएको थियो । त्यसपछि खड्काको अध्यक्षतामा शनिबार १४औ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु र आइतबार केन्द्रीय सदस्यहरूको बैठक बसेको थियो।
अदालतको फैसला र निर्वाचन आयोगको निर्णयबारे समीक्षा गर्न बसेको बैठकले अदालतको आदेश पालना गर्दै त्यसमा भएका असहमतिहरूलाई स्पष्ट रूपमा राख्नुपर्ने निष्कर्ष निकालेको थियो ।
आयोग वा अदालतबाट म्यान्डेट प्राप्त गरेका नेपाली कांग्रेसका केन्द्रीय कार्यकारी सभापति गगन थापा र उनको कार्यसमितिले एकताको पहल तत्काल गर्नुपर्ने पदाधिकारीकाे माग छ ।
यसै विषयमा छलफल भएको हुनसक्ने आंकलन गरिएको छ ।




प्रतिक्रिया