रातो मच्छिन्द्रनाथको रथयात्रा आज

रातो मच्छिन्द्रनाथको रथयात्रा आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा मंगलबारदेखि शुरु हुँदैछ । मंगलबार बेलुका ललितपुरको पुल्चोकमा रहेको ३२ हात लामो रथलाई तानेर गाःबहालमा पुर्‍याइनेछ ।

रथ तान्नुअगाडि गुरुज्यूको पल्टनले सलामी दिनुका साथै विभिन्न टोलमा रहेका बाजागाजा समूहले रथको अघिपछि बसेर पुल्चोकदेखि गाःबहालसम्म पुर्‍याउने परम्परा छ । रथलाई विभिन्न ठाउँमा पुर्‍याएपछि पूजा गर्नुका साथै स्थानीय बासिन्दाले जात्रा भोज खुवाउने चलन छ ।

साइतअनुसार रथ तान्न शुरु गरी विभिन्न रुटमा गाःबहालबाट फेरि मंगलबजार, सुनधारा, चक्रवहिल हुँदै लगनखेलको थटीटोलमा पुर्‍याइन्छ ।

त्यहाँ नरिवल खसाल्ने जात्रा सकिएपछि साइत निकालेर फेरि जावलाखेल लगिन्छ र जावलाखेलमा भोटो जात्रा देखाएर त्यही दिन रातो मच्छिन्द्रनाथलाई बुङमती लगेर राखिन्छ ।