रवि लामिछाने भेट्न उनकै घर पुगे गृहमन्त्री गुरुङ

रवि लामिछाने भेट्न उनकै घर पुगे गृहमन्त्री गुरुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई फेरि भेटेका छन् ।

गुरुङ सभापति लामिछाने भेट्न बूढानीलकण्ठस्थित उनको निवास पुगेका हुन् । गुरुङमाथि विवादित व्यवसायी दीपक भट्टको कम्पनीको सेयरमा लगानी देखिएको तथा लगानीको श्रोत नखेलेको जस्ता आरोप लागेको छ ।

गुरुङलाई बर्खास्त गर्न सभापति लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहमाथि दबाब छ । यद्यपि गुरुङले भने आफूले ऋण सापटी लिएर सेयर खरिद गरेको भन्दै सोमबार सामाजिक सञ्जालमार्फत लामो प्रष्टीकरण सार्वजनिक गरेका थिए ।

यसअघि आइतबार पनि गृहमन्त्री गुरुङले सभापति लामछिाने र प्रधानमन्त्री शाहलाई भेटेर प्रष्टीकरण दिएका थिए । सरकारका गृहमन्त्रीमाथि गम्भीर आरोप लागेको विषयमा सोमबारको रास्वपा केन्द्रीय समिति बैठकमा त्यसबारे कसैले कुरा नउठाएको भन्दै आलोचना भइरहेको छ ।