हर्क साम्पाङले गृहमन्त्री गुरुङलाई भने- राजीनामा दिनुस्

हर्क साम्पाङले गृहमन्त्री गुरुङलाई भने- राजीनामा दिनुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाएका छन् ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा राईले गृहमन्त्री गुरुङलाई राजीनामा गर्न सुझाव दिएका हुन् ।

पटकपटक विवादमा मुछिने गरेकाले गुरुङले मार्ग प्रशस्त गर्दा राम्रो हुने सुझाव राईको छ । ‘गृहमन्त्रीको हप्ताको दुई तीन चोटि नयाँनयाँ सुनिराखिन्छ, राईले भने, ‘उहाँले मार्ग प्रशस्त गर्दा राम्रो हुन्छ भन्ने सुझाव दिन्छु ।’

गुरुङमाथि विवादित व्यवसायी दीपक भट्टको कम्पनीको सेयरमा लगानी देखिएको तथा लगानीको श्रोत नखेलेको जस्ता आरोप लागेको छ ।

यस्तै उनले ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

प्रतिबद्धता पत्रमा असंलग्न परराष्ट्र नीतिलाई कायम र सुदृढ गर्दै देशलाई विदेशी हस्तक्षेपबाट जोगाउनुपर्नेमा जोड दिइएको छ ।

एमसीसी, एसपीपी वा ‘बफर स्टेट’ जस्ता अवधारणासँग जोडिने कुनै पनि सन्धि, सम्झौता वा रणनीतिमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नजनाउने धारणा पार्टीले राखेको छ ।

‘असंलग्न परराष्ट्र नीतिलाई कायम र सुदृढ गर्दै देशलाई विदेशी हस्तक्षेपबाट गर्ने पर्छ भन्ने मान्यता छ । एमसिसी एसपीपी सुन्नमा आएको बफर स्टेट जस्ता सन्धि सम्झौता, तालमेल रणनीति युद्धसँग प्रत्यक्ष वा अप्रत्यक्ष जोडिने खालको घोषणा नगर्न सुझाव दिन चाहन्छौं,’ उनले भने ।

यस्तै सीमा सुरक्षालाई प्राथमिकतामा राख्दै छिमेकी मुलुकसँग नियमित संवाद, निरीक्षण तथा परीक्षण प्रणालीमार्फत सीमाको रक्षा गर्नुपर्ने उल्लेख गरिएको छ ।

सीमावर्ती क्षेत्रका नागरिकलाई आधारभूत सेवा सुविधाको प्रत्याभूति गरिने, आवश्यक परे नेपाली सेनालाई सुरक्षामा परिचालन गरिने तथा अवैध निर्माण कार्यहरू रोक्न पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

त्यसैगरी, भौतिक पूर्वाधार, आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक विकासका लागि आफ्नै मौलिक शैली, आधुनिक प्रविधि र स्वदेशी स्रोत साधनको उपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने नीति अघि सारिएको छ ।

दैनिक उपभोग्य वस्तु जस्तै नुन, तेल, पेट्रोलियम र ऊर्जाको मूल्य नियन्त्रण गर्दै जनजीवन सहज बनाउने, महँगी नियन्त्रण गर्ने तथा आवश्यक परे राज्यले हस्तक्षेपकारी भूमिका खेल्ने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ ।