पुरातत्व विभागका नासुको खातामा भेटियो ४ करोड २२ लाख घुस, २ जनाविरुद्ध मुद्दा दर्ता

पुरातत्व विभागका नासुको खातामा भेटियो ४ करोड २२ लाख घुस, २ जनाविरुद्ध मुद्दा दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर पूर्ण बहादुर श्रेष्ठ र नासु देउकला अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्व विभागका उपसचिव श्रेष्ठ र सहायक पथप्रदर्शक देउकलाविरुद्ध ठेक्कापट्टामा घुस लिएको आरोप लगाउदै मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरूमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो ।

निर्माण सेवा प्रालि नामक कम्पनीले पुरातत्व विभागबाट विभिन्न कामका क्रममा ६४ करोड २१ लाख रुपैयाँको ठेक्का पाएको र ठेक्का बापतको रकम घुसको रूपमा अधिकारीको खातामा राखिदिएको अख्तियारले जनाएको छ ।

अख्तियारले ठेक्काहरूमा सहजीकरण गरिदिएको वापत ४ करोड २२ लाख रुपैयाँ देउकलाको खातामा हालिदिएको बताएको छ ।

उनीहरूले आफ्नो संयुक्त नाममा नुवाकोटमा ३ कित्ता गरी १५ रोपनी, काठमाण्डुमा साढे ३ आना जग्गा, सय ग्राम सुन खरिद गरेको अख्तियारले बताएको छ छ।

अख्तियारले उनीहरुविरुद्ध ४ करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ बिगो माग दावी गर्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।