अन्ततः पूर्णबहादुर खड्काले ‘निवर्तमान कार्यवाहक सभापति’ काे हैसियतमा निकाले विज्ञप्ति

अन्ततः पूर्णबहादुर खड्काले ‘निवर्तमान कार्यवाहक सभापति’ काे हैसियतमा निकाले विज्ञप्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध आपत्ति जनाएका छन् ।

पहिलो पटक कांग्रेसको ‘निवर्तमान कार्यवाहक सभापति’को हैसियतमा विज्ञप्ति जारी गर्दै खड्काले सरकारलाई विद्यार्थी संघ–संगठन माथि हस्तक्षेप नगर्न चेतावनी दिएका हुन्।

खड्काले विद्यार्थी आन्दोलन र संगठनहरू नेपालको लोकतान्त्रिक इतिहासका महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै तिनको स्वतन्त्रता र गरिमामाथि प्रहार गर्नु संविधानप्रदत्त मौलिक हकको उल्लंघन हुने बताएका छन्।

उनले भनेका छन् ‘संघ, संगठन एवं स्ववियु मित्र देखिएका केही प्राविधिक तथा व्यवस्थापकीय कार्यविधिगत कमजोरीहरू देखाएर समय आन्दोलन र संगठनकै बारेजस्तो कुरा गर्न लोकतान्त्रिक मूल्य, मान्यता र संविधान प्रदत्त संगठन हुन पाउने मौलिक हकको ठाडो उल्लंघन हो।’

‘निर्दलीय निरंकुस पञ्चायती व्यवस्थाको अन्धकारमय कालखण्डमा जब राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाइएको थियो,’ खड्काको विज्ञप्तिमा भनिएको छ, ‘त्यति बेला राजनैतिक विचारका आधारमा संगठित विद्यार्थी संघ संगठनहरूले नै लोकतन्त्रको मशाललाई प्रज्वलित राख्दै जनतामा चेतना भर्ने र अधिनायकवाद विरुद्ध विद्रोहको शंखघोष गर्ने साहसिक अभियानको नेतृत्व गरेको कुरा इतिहास साक्षी छ ।’