संविधान संशोधन कार्यदलको बैठक बस्दै

संविधान संशोधन कार्यदलको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२को बैठक बस्दैछ ।

प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलको बैठक बिहीबार दिउँसो बस्न लागेको हो ।

मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार गठित उक्त कार्यदलको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्न लागेको हो।

बैठकमा राजनीतिक दलका लिखित धारणा समेतका आधारमा पहिचान भएका संविधान संशोधनका मुद्दाहरू र कार्यदलको आगामी कामकारबाहीका प्रस्तावित कार्ययोजनाबारे छलफल हुने बताइएको छ।

संविधान संशोधनका सन्दर्भमा बहसपत्र तयार गर्न सरकारले विभिन्न राजनीतिक दलका प्रतिनिधि र कर्मचारीतन्त्रका विज्ञहरू समेटेर यो कार्यदल बनाएको हो।