काठमाण्डु – नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेर २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार १३० रुपैयाँ थियो ।




प्रतिक्रिया