मेलम्ची नगरपालिकाद्वारा नदीजन्य पदार्थ काठमाण्डु ल्याउन रोक (पत्रसहित)

मेलम्ची नगरपालिकाद्वारा नदीजन्य पदार्थ काठमाण्डु ल्याउन रोक (पत्रसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मेलम्ची नगरपालिकाले नगर क्षेत्रभित्रका केही स्थानमा टिपरसहित मालबाहक ढुवानीका साधन सञ्चालनमा रोक लगाएको छ ।

नगर कार्यपालिकाले नगरपालिका क्षेत्रबाट ढुंगा, गिटी, बालुवा लगायत नदीजन्य पदार्थहरू बोकेर काठमाडौं जाने ढुवानीका साधन सञ्चालनमा कडाई गरेको हो । फट्टेश्वर–वडा कार्यालय–छापभञ्ज्याङ सडक खण्ड मार्फत आवतजावत गर्दा अत्याधिक सवारी चाप र भारका कारण उक्त सडक खण्ड बिग्रन गई सवारी आवागमन अव्यवस्थित हुन गएको विषयमा स्थानीय सरोकारवालाहरूबाट व्यापक जनगुनासो आएकाले ढुवानीका साधन सञ्चालनमा कडाई गरिएको नगरपालिकाले जनाएको छ ।

‘मेलम्ची नगरपालिका क्षेत्र हुँदै काठमाडौं जाने मालबाहक सवारी साधनहरूले ढुंगा, गिटी, बालुवा लगायतका नदीजन्य पदार्थहरू बोकी फट्टेश्वर–वडा कार्यालय–छापभञ्ज्याङ सडक खण्ड मार्फत आवतजावत गर्दा अत्याधिक सवारी चाप र भारका कारण उक्त सडक खण्ड बिग्रन गई सवारी आवागमन अव्यवस्थित हुन गएको भनी स्थानीय सरोकारवालाहरूबाट व्यापक जनगुनासो आएको सन्दर्भमा, मिति २०८३ साल वैशाख ०१ गते साँझ ५ः०० बजे दखि तपसिल बमोजिम हुने गरी ढुवानीका साधनहरू संचालनका लागि सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ’, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

सूचनामा मेलम्ची नगरपालिका क्षेत्र भित्रको फट्टेश्वर–पँचेश्वर–ठाँटी सडक खण्डमा कुनै पनि मालबाहक सवारी साधनहरू सञ्चालन गर्न नपाइने, मेलम्ची नगरपालिका क्षेत्र भित्रको सिपाघाट–ठाँटी सडक खण्डबाट ६ टन क्षमताभन्दा बढी सामग्री ढुवानी गर्न नपाइने तथा सामग्री ढुवानी गर्दा पानी चुहाएर ओभरलोड हुने गरी सामग्री बोकेर नपाइने स्पष्ट गरिएको छ ।

यदि कुनै पनि मालवाहक ढुवानीका साधन र क्रसर उद्योगहरूले यस प्रकारको कार्य गरेमा नगरपालिकाको आर्थिक ऐन–२०८२ मा भएको कानूनी व्यवस्था बमोजिम प्रति सवारी साधन २ हजार दण्ड जरिवाना गरिने चेतावनी नगरपालिकाले दिएको छ ।