कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबिच भेटघाट

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबिच भेटघाट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेटघाट गरेका छन् ।

भेटका क्रममा जापानी राजदूतले नवनियुक्त मन्त्री गौतमलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

मन्त्री गौतम र राजदूत माएडाबिच कानून सुधारका विषयमा विगतदेखि हुँदै आएको सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल भएको छ । सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका विषय बदलिँदो विश्व राजनीतिमा तीव्र रूपमा अगाडि बढिरहेको सन्दर्भमा त्यसलाई नियमन गर्न उपयुक्त कानून आवश्यक रहेको विषयमा समेत जोड दिइएको थियो ।

उनीहरूबिच सहकार्यका थप क्षेत्रहरू पहिचान गर्ने तथा जापान सरकारलाई आवश्यक पर्ने कुनै विषय भए छलफलका लागि नेपाल खुला रहेको सन्देश दिने विषयमा पनि विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।