रवि जोडिएको रिटमाथिको सुनुवाइ सरकारी पक्षबाट स्थगित, मुद्दा लम्बिँदै

रवि जोडिएको रिटमाथिको सुनुवाइ सरकारी पक्षबाट स्थगित, मुद्दा लम्बिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको अभियोग संशोधनको निर्णयविरुद्ध परेको रिटमाथिको सुनुवाइ सरकारी पक्ष महान्यायाधिवक्ता कार्यालयबाट स्थगित गरिएको छ ।

बिहीबार न्यायाधीशहरू नृपध्वज निरौला, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासमा परेको सुनुवाइ सरकारी पक्षबाटै स्थगित भएको हो ।

रवि विरुद्धको मुद्दा संशोधनको निर्णयमाथि सर्वोच्च अदालतमा ३ वटा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका थिए । संयुक्त इजलासले पूर्ण इजलासमा सुनुवाइका लागि पठाएपछि बिहीबार पहिलोपटक पेशी चढेको थियो ।