काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान नियुक्त हुने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई मन्त्रीको विज्ञ सल्लाहकारका रूपमा पठाउने आधिकारिक निर्णय गरेसँगै सरकारले जिम्मेवारी दिने भएको हो ।
चिकित्सा तथा प्राध्यापन क्षेत्रमा लामो अनुभव हासिल गरेका डा. प्रधानलाई मन्त्रालयको अवैतनिक विज्ञ सल्लाहकारका रूपमा नियुक्तिपत्र प्रदान गरिनेछ ।
चितवनलाई कार्यथलो बनाउँदै आएका उनी विगत १८ वर्षदेखि कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) भरतपुरमा प्राध्यापनरत छन् ।
पेशागत दक्षता र मर्यादाका कारण डा. प्रधान २ पटक नेपाल मेडिकल काउन्सिलका निर्वाचित सदस्य समेत भइसकेका छन् ।




प्रतिक्रिया