काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर नेपाल आउनुअघि संघीय अनुसन्धान ब्युरो (एसबीआई) का दक्षिण एसिया प्रमुख सुहेल दाउद काठमाण्डु पुगेका छन् ।
ट्रम्पका विशेष दूत गोरको भ्रमणअघि सुरक्षा अवस्था बुझ्न दाउद काठमाण्डु आएका स्रोतले जनाएको छ ।
गोर ३ दिने नेपाल भ्रमणका लागि काठमाण्डु आउँदैछन् । दक्षिण तथा मध्य एशियाली मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरको नेपाल भ्रमणपछि गोर नेपाल आउन लागेका हुन् । अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुर ११ दिनअघि नेपाल भ्रमणमा आएका थिए ।
उनको भ्रमणका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ । उनले सगरमाथा क्षेत्रको पनि भ्रमण गर्ने जनाइएको छ ।
गोरले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग भेटका लागि समय मागे पनि प्रधानमन्त्री कार्यालयले केही जवाफ दिएको छैन ।
गोरले यसअघि बङ्गलादेश, भुटान, श्रीलंकालगायत देशमा भ्रमण गरेर त्यहाँका राष्ट्र प्रमुखसँग भेटेका थिए । बुधबार मात्र उनले काजिकिस्तानका राष्ट्रपतिसँग भेटेका थिए ।




प्रतिक्रिया