सार्वजनिक खरिद ऐन संशोधनका लागि राष्ट्रपतिद्वारा अध्यादेश जारी

सार्वजनिक खरिद ऐन संशोधनका लागि राष्ट्रपतिद्वारा अध्यादेश जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेका हुन् ।

सरकारले संसद्को अधिवेशन अन्त्य गरेर सार्वजनिक खरिद प्रक्रियालाई परिमार्जन गर्न अध्यादेश ल्याएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार बिहीबार नै अध्यादेश प्रमाणीकरण भई कार्यान्वयनको बाटो खुलेको छ । संविधानत: संघीय संसद्को अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने प्रावधान छ ।

यसअघि बिहीबारै राष्ट्रपतिले सहकारी अध्यादेश जारी गरेका थिए ।