काठमाण्डु– शुक्रबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको हो ।
हिजो २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९६ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा १३५ रुपैयाँले बढेर ४९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




प्रतिक्रिया