बुद्धनगरमा डोजर त्रास,घरअगाडि लालपुर्जा टाँस्दै स्थानीय

बुद्धनगरमा डोजर त्रास,घरअगाडि लालपुर्जा टाँस्दै स्थानीय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले घरअगाडि जग्गाको लालपुर्जा र घरको नक्सा टाँसेर आफ्नो संरचना वैधानिक भएको प्रमाण देखाउन थालेका छन्।अनधिकृत संरचना हटाउने अभियान अन्तर्गत उक्त क्षेत्रमा डोजर पुगेपछि वैधानिक कागजात हुँदाहुँदै पनि हुलमुलमा घर भत्काइने डरले स्थानीयले यस्तो कदम चालेका हुन्।

उनीहरूले घर नछाडेको र सामानसमेत नसारेको बताएका छन्। स्थानीयका अनुसार भत्काउने सूचीमा परेका तर आवश्यक कागजात भएका घरधनीहरूले घरअगाडि नै प्रमाणपत्र टाँसेर आफ्नो संरचना कानुनी दायरामा रहेको जनाउन खोजेका छन्।


बागमती किनारमा अवैध संरचना हटाउने सरकारी अभियान अन्तर्गत सम्बन्धित निकायले डोजर परिचालन गरिसकेको छ। यस क्रममा वास्तविक रूपमा अवैध र वैधानिक संरचनाबीच छुट्याउन चुनौती देखिएको स्थानीयको भनाइ छ।

स्थानीयवासीले वैधानिक घरहरूमा क्षति नपुग्ने गरी स्पष्ट मापदण्ड र पहिचानसहित मात्रै भत्काउने कार्य अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।