हटाइएका ५ स्थानका सुकुम्बासीलाई कहाँ राखिदैछ त ?

हटाइएका ५ स्थानका सुकुम्बासीलाई कहाँ राखिदैछ त ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- उपत्यकाका विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका सुकुमवासीहरूलाई आज हटाएर पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ।

बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायतका क्षेत्रमा रहेका घरटहरा भत्काइएपछि त्यहाँका सुकुमवासीहरूलाई वैकल्पिक व्यवस्थापनतर्फ लगिएको हो। सम्बन्धित निकायले दिएको जानकारीअनुसार उनीहरूलाई तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र तथा काभ्रेको बनेपास्थित रेडक्रस भवनमा राख्ने तयारी गरिएको छ।

यसअघि सुकुमवासीहरूको विवरण संकलनका लागि दशरथ रंगशालामा प्रक्रिया अघि बढाइएको छ। हालसम्म ७२ जनाले स्वेच्छिक रूपमा रंगशालामा पुगेर आफ्नो विवरण दर्ता गराएका छन्।

रंगशालामा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति तथा काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले विवरण संकलनको काम गरिरहेको जनाइएको छ।