गुराँस वन गिरीद्वारा लिखित पुस्तक ‘स्त्री र सम्भोग’ लोकार्पण

गुराँस वन गिरीद्वारा लिखित पुस्तक ‘स्त्री र सम्भोग’ लोकार्पण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गुराँस वन गिरीद्वारा लिखित सिमल बुक पब्लिकेशनद्वारा प्रकाशित स्त्री र सम्भोग शुक्रबार लोकार्पण गरिएको छ ।

शुक्रबार एक समारोहबिच पुस्तक स्त्री र सम्भोग लोकार्पण गरिएको हो ।

लेखक गिरीले जीवनको उद्देश्य र बोध सम्झाउने बताइन् । ‘यो किताब केवल स्त्री मानसिकताबाट मात्रै चलेको कलम पनि हैन । यो कस्तो किताब हो भने एउटा पिताले आफ्नो छोरीको विवाह गरिदिनुभन्दा अगाडि यो किताबमा समेटिएकी पात्र मञ्जु, समना जस्ता बन्नबाट कसरी रोक्न सक्छ, यसले जीवनको उद्देश्य र बोध सम्झाइदिन्छ,’ उनले भनिन् ।

उनले कृतिमार्फत नारीहरूको लागि कलम चलाएको भन्दै आगामी दिनमा विवादित भए पनि यस्ता विषयमा कलम चलाउने प्रतिबद्धता व्यक्त गरिन् ।

‘४ वर्ष म मृत्युसँग कसरी लडे, हरेक सेकेण्ड, हरेक मिनेट त्यो मृत्युसँग युद्ध चलिरहेको थियो । दु:ख पाउनु, संघर्ष गर्नु सामान्य रहेछ । बाटोमा काँडाँ छ भने पन्छ्याएर अगाडि बढ्नुपर्छ । खाल्डो छ भने पुर्दै अगाडि बढ्नुपर्छ जिन्दगीमा यो विचार आएको थियो मलाई । म विवादित भए पनि हुन्छु, भन्नेले जेसुकै भन्छन्, कलम चाहिँ चलाउँछु छोरीहरूको लागि,’ उनले भनिन् ।

कार्यक्रममा आख्यानकार एवं लेखन पुस्कर लोहनीले पनि आफ्ना विचार राखेका थिए ।