नयाँदिल्ली – भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतीय विदेश सचिव विक्रम मिस्रीसँग बिदाइ भेट गरेका छन् ।
आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका राजदूत शर्माले विदेश सचिव मिस्रीसँग शिष्टाचार भेट गरेका हुन् ।
भेटका क्रममा विदेश सचिव मिस्रीले नेपाल र भारतबिचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको पुनरावृत्ति गरे । उनले २ देशबिचको मित्रता र आपसी सहयोगलाई प्रगाढ बनाउन राजदूत शर्माले पुर्याएको योगदानको प्रशंसा गर्दै धन्यवाद समेत व्यक्त गरे ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार भेटमा २ देशबिचका साझा हित र द्विपक्षीय सम्बन्धका विविध पक्षमा संक्षिप्त छलफल भएको थियो । राजदूत शर्माले आफ्नो कार्यकालमा भारत सरकारले पुर्याएको सहयोगका लागि आभार प्रकट गरेका थिए ।




प्रतिक्रिया