मिना खड्काको पहिलो कृति ‘मेरो स्कूल’ सार्वजनिक

मिना खड्काको पहिलो कृति ‘मेरो स्कूल’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मिना खड्काको पहिलो कृति ‘मेरो स्कूल’ सार्वजनिक भएको छ ।

पुस्तकमा शिक्षासँग सम्बन्धित अनुभव, स्मृति र सामाजिक यथार्थलाई समेटिएको छ ।

‘मेरो स्कूल’मा विभिन्न व्यक्तिका विद्यालय जीवनका अनुभव, शिक्षाको महत्त्व, शिक्षक–विद्यार्थी सम्बन्ध र समाजमा शिक्षाले पार्ने प्रभावलाई सरल र भावनात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

पुस्तक सार्वजनिक भएसँगै साहित्यप्रेमी तथा पाठकहरूले खड्काको प्रयासको प्रशंसा गरेका छन् । नयाँ पुस्ताका लागि प्रेरणादायी सन्देश बोकेको कृतिले विशेषगरी विद्यार्थी र अभिभावकहरूलाई आकर्षित गर्ने विश्वास गरिएको खड्काको भनाइ छ ।

लेखिका खड्काले आगामी दिनमा पनि यस्तै समाजमुखी कृतिहरू ल्याउने बताएकी छन् । उनका अनुसार लेखन केवल अभिव्यक्तिको माध्यम मात्र नभई समाज परिवर्तनको एउटा महत्त्वपूर्ण साधन पनि हो ।

‘मेरो स्कूल’ अब पाठकहरूका लागि बजारमा उपलब्ध भइसकेको छ । पत्रकारिता पृष्ठभूमिकी खड्का हाल अमेरिकामा बसोबास गर्दै अध्ययनसँगै लेखन क्षेत्रमा सक्रिय छिन् । उनको स्थायी घर सल्यानमा रहेको छ ।