स्रोत नखुलेको ११ लाख नगदसहित १ जना पक्राउ

स्रोत नखुलेको ११ लाख नगदसहित १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ – विराटनगर महानगरपालिका–४ विराटनगर विमानस्थलबाट स्रोत नखुलेको नगद ११ लाख रूपैयाँसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–१८ बस्ने ३५ वर्षीय दिलीप तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थल सुरक्षा गार्ड विराटनगरबाट खटिएको प्रहरी टोलीले बुद्ध एयरको उडानद्वारा काठमाण्डु जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको झोलाबाट नगद फेला पारी पक्राउ गरेको छ ।

बरामद नगद सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।