अर्थ मन्त्रालयले एकैदिन गर्‍यो ९ मन्त्रालयसँग बजेट छलफल

अर्थ मन्त्रालयले एकैदिन गर्‍यो ९ मन्त्रालयसँग बजेट छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तयारीलाई तीव्र बनाउँदै ९ वटा मन्त्रालयसँग मन्त्रालयगत बजेट छलफल सम्पन्न गरेको छ।सोमबार बिहान ११ बजेदेखि सुरु भएको छलफल साँझ साढे ७ बजे सम्पन्न भएको हो।

मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले तय गरेको कार्यतालिकाअनुसार सोमबारदेखि सुरु भएको यो छलफल मंगलबारसम्म जारी रहने जनाइएको छ।

छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा अर्थ तथा राजश्व सचिव, बजेट लेखन समितिका संयोजक तथा सदस्यहरू, साथै बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख र विषयगत शाखा प्रमुखहरूको सहभागिता रहेको थियो।

छलफलको सुरुवात गृह मन्त्रालयबाट गरिएको थियो। त्यसपछि क्रमशः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग विस्तृत छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।

सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव तथा महाशाखा प्रमुखहरूसँग आगामी बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम, प्रस्तावित बजेट र स्रोत व्यवस्थापनबारे गहन छलफल गरिएको जनाइएको छ।

छलफलमा श्रम तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना, शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावललगायत सम्बन्धित मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता थियो।

अर्थ मन्त्रालयले मंगलबार बाँकी मन्त्रालयहरूसँग पनि बजेट छलफल जारी रहने जनाएको छ।