रोशी खोलामा फसेका पाँच माइक्रोबसका ८९ यात्रुको सकुशल उद्धार

रोशी खोलामा फसेका पाँच माइक्रोबसका ८९ यात्रुको सकुशल उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वबाट काठमाण्डु आउँदै गरेका यात्रु बोकेका माइक्रोबस काभ्रेको रोशी खोलामा फसेको छ ।

रोशी खोलाको बाढीमा फसेका पाँच वटा माइक्रो बस र ८९ जना यात्रुको प्रहरीले सकुशल उद्धार गरिएको छ।

काभ्रे प्रहरीका अनुसार उनीहरूलाई सोमबार राति नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेर गन्तव्यतर्फ पठाएको छ ।

बाढीका कारण फसेका उनीहरूलाई प्लास्टिक बोट लगायतका उद्धार सामग्रीको सहायतामा उद्धार गरिएको थियो । सोमबार दिउँसो आएको वर्षाका कारण विपी राजमार्गमा यातायात पूर्ण रूपमा बन्द भएको छ ।