काठमाण्डु – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा मंगलबार नेपाल र ओमान खेल्दै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ।
घरेलु मैदानमा जारी संयुक्त अरब एमिरेट्स (यूएई) र ओमानसम्मिलित त्रिकोणात्मक सिरिजमा नेपाली टोलीले अन्तिम खेलमा जित निकाल्दै ६ अंक जोड्ने प्रयासमा छ। जारी सिरिजमा नेपालले ४ अंक बटुलेको छ। अन्तिम खेलमा ओमानलाई हराउँदै नेपाली टोली २ अंक जोड्न चाहन्छ।
सिरिजको पहिलो खेलमा घरेलु टोली नेपाल ओमानसँग डीएलएस मेथडमा १ सय २ रनले पराजित भएको थियो भने पहिलो खेलमा युएईमाथि डीएलएस मेथडमा ६ रनको जित निकालेको थियो। दोस्रो खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको थियो। जारी सिरिजमा नेपालले २ खेलमा जित र एक खेलमा हार भोगेको छ। नेपालले सिरिजमा यूएईलाई २ खेलमा पराजित गर्दै अंक तालिकामा चार अंक जोडेको छ।
सिरिजमा घरेलु टोली नेपाललाई हराएको ओमान भने यूएईसँग दुई खेलमा पराजित भएको थियो। नेपाललाई एक खेलमा हराएको ओमानले २ अंक बनाएको छ। यूएईले भने जारी सिरिजमा ४ अंक जोड्दै नेपाल यात्रा सकाएको छ। ओमान भने यूएईसँग पहिलो खेलमा ५४ तथा दोस्रो खेलमा २५ रनले पराजित भएको थियो।




प्रतिक्रिया