काठमाण्डु– नेपाली कांग्रेसले पहिलोपल्ट संसद् समन्वय बोर्डको बैठक बोलाएको छ । बैठक मंगलबार (आज) दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।
कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको पहिलो बैठक दिउँसो ३ बजे बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
कांग्रेसले बैठकमा उपस्थित हुन बोर्डका सदस्यहरुलाई निर्देशन दिइएको छ ।




प्रतिक्रिया