काठमाण्डु– भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको नतिजा सार्वजनिक भएको छ । पश्चिम बंगाल, तमिलनाडु र केरलामा सरकार परिवर्तन भएका छन् ।
खास बंगाल राज्यमा ममता बनर्जीको १५ वर्ष लामो शासन ढलेको छ। पश्चिम बंगालमा तृणमूल कांग्रेसमाथि भारतीय जनता पार्टी (बिजेपी)को ठूलो अग्रता देखिएपछि मुख्यमन्त्री ममता बनर्जीले बीजेपीमाथि ‘भोट लुट’ को आरोप सम्म लगाउन भ्याएकी छिन् ।
उनले भारतिय सञ्चारमाध्यमसँग भनिन् ‘बीजेपीले १०० भन्दा बढी सीट लुटेको छ । बीजेपीले धाँधली गरेको छ । निर्वाचन आयोग अहिले बीजेपी आयोगजस्तो बनेको छ । हामीले समय(समयमा यसबारे गुनासो गरेका थियौँ, तर कसैले सुन्ने कोही थिएन ।’यो पूर्ण रूपमा अनैतिक छ । उनीहरूले जबर्जस्ती एसआईआर गराए, अत्याचार गरे, मतगणना एजेन्टहरूलाई पक्राउ गरियो । हामी पुनः फर्कनेछौँ ।’
दश वर्षमा भाजपा ३ सिटबाट एकैचोटि २०६ सिटमा उक्लिएको छ।




प्रतिक्रिया