कारबाहीमा परे क्लिनिकलाई आयुर्वेदिकका रूपमा दर्ता गरेर अन्य उपचार गर्ने अस्पतालहरु

कारबाहीमा परे क्लिनिकलाई आयुर्वेदिकका रूपमा दर्ता गरेर अन्य उपचार गर्ने अस्पतालहरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल मेडिकल काउन्सिलले काठमाडौंको मित्रपार्कमा रहेको हुवाई इन्टरनेशनल अस्पतालमाथि कारबाही गर्ने भएको छ । काउन्सिलको टोलीले सोमबार अस्पतालको स्थलगत अनुगमन गरेको रजिस्ट्रार डा सतीस देवले जानकारी दिए ।

डा देवका अनुसार संस्थाको दर्ता स्थिति, सेवा सञ्चालनको दायरा तथा उपचार सेवाको गुणस्तर मूल्यांकन गर्ने उद्देश्यले अनुगमन गरिएको थियो । उक्त संस्था आयुर्वेदिक क्लिनिक तथा एक्युपंक्चर केन्द्रका रूपमा दर्ता भएको पाइएको उनले जानकारी दिए । तर सो दर्ता म्याद समाप्त भइसकेको देखियो ।

संस्थामा कुनै पनि योग्य आयुर्वेदिक चिकित्सक वा तालिमप्राप्त एक्युपंक्चर विशेषज्ञ कार्यरत नरहेको डा देवले बताए । उनका अनुसार अस्पतालले एलोप्याथिक उपचार तथा शल्यक्रियासमेत सञ्चालन गरिरहेको पाइएको छ । यस खालको उपचार मेडिकल अफिसरबाट हुँदै आएको थियो ।

एकै दिनमा उपचार हुने, शतप्रतिशत निको हुने जस्ता अतिरञ्जित दाबीहरू गरिएको, तथा प्रयोगशाला सेवा न्यूनस्तरको रहेको पाइएको छ।