अबदेखि संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४ भए पुग्ने

अबदेखि संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४ भए पुग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अबदेखि संवैधानिक परिषद्को बैठकको गणपूरक सङ्ख्या ४ भए पनि पुग्ने भएको छ ।

राष्ट्रपतिबाट संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएसँगै ६ जनाको संवैधानिक परिषद् बैठक बस्न ४ जना भए पनि हुने भएको हो ।

त्यस्तै परिषद् बैठकले कुनै पनि निर्णय गर्दा ३ जनाको बहुमत भए निर्णय गर्न मिल्नेछ ।

अध्यादेशको दफा ६ को उपदफा (४) मा संवैधानिक परिषद्को बैठकमा अध्यक्ष र कम्तीमा तीनजना सदस्यहरू गरी कम्तीमा चारजना उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या मानिने व्यवस्था छ ।

राष्ट्रपतिले मंगलबार संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका हुन् ।