बच्‍चाको आगमनदेखि बाबुको मृत्युसम्मको तस्विरले जित्यो पुलिट्जर पुरस्कार

बच्‍चाको आगमनदेखि बाबुको मृत्युसम्मको तस्विरले जित्यो पुलिट्जर पुरस्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- वासिङटन पोस्टका फोटोपत्रकार जाही चिक्वेन्दोले यस वर्षको पुलिट्जर पुरस्कारअन्तर्गत फिचर फोटोग्राफी सेक्शनमा अवार्ड जितेका छन् । वासिङटन पोस्टमा प्रकाशित उनको फोटो निबन्धमा एउटा दम्पत्ती आफ्नो बच्‍चाको आगमनको प्रतिक्षामा छ ।तर, बच्‍चाका बाबु कोलोनको चौथो स्टेजबाट गुज्रिरहेका छन् । बच्‍चाको आगमनदेखि बाबुको मृत्युसम्मका तस्विरलाई चिक्वेन्दोले फलो गरेर फोटो कथा तयार गरेका छन् ।

सन् २००१ देखि चिक्वेन्दोले वासिङटन पोस्टका लागि काम गरिरहेका छन् । विगतमा उनले इराकमाथिको अमेरिकी आक्रमण, केन्याको गरिबी, डार्फर क्षेत्रको जातीय नरसंहारलगायत घटनाक्रमका तस्विर खिचेका थिए ।

अमेरिकामा पत्रकारिता र कला–साहित्यमा योगदान गर्नेहरुलाई वर्षेनी पुलिटजर पुरस्कार प्रदान गर्ने गरिन्छ । सन् १९१७ मा ‘सेन्ट लुइस पोस्ट–डिस्प्याच’ र ‘द न्युर्योक वल्र्ड’ पत्रिकाका प्रकाशक जोसेफ पुलिटजरको इच्छाअनुसार पहिलोपटक यो पुरस्कार वितरण गरिएको थियो । यसपटक २३ वटा विधामा पुरस्कार प्रदान गरिएको छ । प्रत्येक विधाका विजेताले १५ हजार अमेरिकी डलर पाउँछन् ।