काठमाण्डु – बागमती प्रदेश सरकारले वैशाख २४ गते बिहीबारमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकारले भाषा दिवसको अवसरमा २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गत चैत २३ गते प्रकाशित सूचना बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा आगामी बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
बागमती सरकारले २०८० वैशाख २४ गते प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी ऐन कार्यान्वयन गर्दै सोही दिन भाषा दिवस मनाउँदै आएको छ ।




प्रतिक्रिया