खुकुरी प्रहार गरेर युवकको हत्या

खुकुरी प्रहार गरेर युवकको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कीर्तिपुर नगरपालिका वडा नम्बर १० स्थित पोडेटोलमा खुकुरी प्रहारबाट गुल्मी धुर्कोट गाउँपालिका घर भएका विपिन घिमिरेको मृत्यु भएको छ । ३ जना मिलेर खुकुरी प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी पवन भट्राईले बताए ।

धारिलो हतियार प्रहारबाट घाइते भएका घिमिरेको उपचारको क्रममा देवढोका स्थित कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो । घटनामा संलग्नहरु पहिले पनि मुद्धा चलेका युवाहरु पुर्वपरिचित रहेको र खोजी भइरहेको पनि भट्राइले बताए ।